बैषाख ८, काठमाण्डौ, विश्व ठकुरी समुदायको साझा थलो ठकुरी सहयोग संजालका केन्द्रिय अध्यक्ष रेशम जंग शाह दर्जनौ ठकुरी सहित आज बागमतीमा हाम फाले । बागमती सरसफाई अभियानको २५८ औ हप्तामा सहभागी हुन उनीहरु बागमतीमा पुगेका हुन । नेपाल सरसफाई वर्ष २०७५ मा हस्ताक्षर गरिसेको संजालले आज देखि बागमती सरसफाई अभियानसंग हातेमालो गर्दै सफाइ कार्यक्रममा होमिएको हो ।
बानेश्वर क्याम्पस नजिक बाट शुरु भएको सरसफाई कार्यक्रममा नेपाली सेना, नेपाल प्र्रहरी, शसस्त्र प्रहरी लगायत अन्य संघ संस्थाहरुको पनि बाक्लो उपस्थिती रहेको थियो । रातो टिसर्टमा सजियका दर्जनौ ठकुरीहरु बागमतीमा मन लागाएर सफा गरिरहेको देखिन्थ्यो । अध्यक्ष शाह ठकुरी सहयोग संजालले शब्दमा होइन कर्ममा विश्वास गर्छ, हामी तस्बिर खिच्न मात्र आएको होइनौ, मनै देखि बागमती सफाई गर्न आएका हौ भन्दै शुरुमै बागमतीको बिचमा पुगेर फोहोर उठाउन थालेका थिए । त्यस पछि संजालका सबै अभियान्ताहरु र अन्य सहभागीहरु शाह संगै बागमतीमा पसेका थिए । चलचित्र निर्माता एवं कलाकार सन्तोष सेन पनि ठकुरी सहयोग संजालको रातो टिसर्ट लगाएर धमाधम बागमती सफाई गरिरहेका थिए । उनी ठकुरी सहयोग संजालका केन्द्रिय सल्लाहकार परिसदमा पनि सक्रिय रहेका छन् ।
ठकुरी सहयोग संजालले बागमती सरसफाई अभियानलाई निरन्तरता दिने जनाएको छ ।