चैत्र २४ गते
प्रदेश सभा सदस्य तिलक शर्मा हिमालले बर्दियाको आर्थिक, सामाजिक र राजनितिक विकासका लागी आफूले निरन्तर आवाज उठाइरहने बताउनु भएको छ ।
जन आन्दोलन दिवशको सन्दर्भ पारेर सनिवार बर्दियाको गुलरियामा नेकपा माओवादि केन्द्र गुलरिया नगरसमितिले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा बोल्दै हिमालले सो कुरा बताउनु भएको हो । साथै उहाले बर्दियामा विगतमा भएका भौतिक संरचना नष्टका विषयमा अव योजना बनाउदा सम्वन्धित स्थानको निरिक्षण सगै स्थानियवासीको सल्लाह सुझावका आधारमा तयार गरिने समेत बताउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष हरी ज्ञवालीले अव विकास सगसगै जनचेतनाले फडको मार्दै समुन्नत नेपाल निर्माण गर्नका लागी दुई ठुला कम्प्युनिष्ट पार्टि एक भएपछि अझै सहज हुने बताउनु भयो । साथै ज्ञवालीले रक्तदान कार्यक्रमले समाजमा सकारात्मक सन्देश जाने समेत बताउनु भयो । नेकपा माओवादि केन्द्रका गुलरिया नगर इन्चार्ज गेहेन्द्र ढकालले युवाहरुमा सामाजिक उत्तरदायित्व तर्फ लैजानको लागी यस्ता रक्तदान कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । सो रक्तदान कार्यक्रममा एक दर्जन भन्दा वढिले रक्तदान गर्नु भएको थियो ।