काठमाण्डौ । विश्वभरीका ठकुरीहरु चैत्र २४ गते शनीबार नेपालगंजमा भेला हुने भएका छन् । विश्व ठकुरी समुदायको साझा थलो ठकुरी सहयोग संजालको अयोजनामा हुने पाचौ वृहत जमघट तथा भेटघाट कार्यक्रममा ठकुरीहरु भेला हुन लागेका हुन । यस अघि ठकुरी सहयोग संजालले ललितपुर, काठमाण्डौ, भक्तपुर र काभ्रेमाआफ्नो भेला सम्पन्नगरिसकेको छ ।
यसपाली मध्यपश्चिम र सुदुर-पश्चिमका ठकुरीहरुलाई एकै छाना मुनी राखेर ठकुरी एकताको महत्व बुझाउनको लागि नेपालगंजमा कार्यक्रम गर्न लागिएको जानकारी ठकुरी सहयोग संजालका केन्द्रिय सचिव मनोरंजन मल्ल ठकुरीले दिए । उनकाअनुसार कार्यक्रममा हजार बढी ठकुरीहरुको उपस्थिती रहने छ । नेपालगंजमा कार्यक्रम संम्पन्न गर्नको लागि स्थिानिय ठकुरी युवा संम्योग जंगशाहको संयोजकतामा ७ सदस्सिय आयोजक समिती गठन गरिएको छ । संयोजकशाहका अनुसार कार्यक्रमको तयारी तिब्र गतिमा अघि बढिरहेको छ । कार्यक्रम नेपालगंज भेरी प्राविधिकशिक्षालयको हल सुर्खेत रोडमा हुने छ ।
ठकुरी सहयोग संजालका केन्द्रिय अध्यक्ष रेशमजंगशाहले कार्यक्रमको सभापतित्व गर्ने छन भने प्रमुख अथितीमा संभवतपुर्व राजपरिवार सदस्य हिमानी शाहको उपस्थिती रहने छ । अध्यक्ष शाह संग यसबारे बुझ्न खोज्दा हिमानीशाह संग कुरा भैरहेको बताए । कार्यक्रममा ठकुरी सहयोग संजालले हिजो, आज र भोली गरेका, गरिरहेको र गर्नै गतिविधीको बारेमा संपुर्ण ठकुरीहरुलाई जानकारी दिनका साथै, ठकुरी एकताको महत्वको बारेमा बुझाउने छ ।