बुलबुले पार्कमा प्रवेश गर्ने पर्यटकले अव रंगिन टिकट प्राप्त गर्ने भएका छन् । बुलबुलेको फोटोसहितको टिकट साहारा नेपालले सुर्खेत संस्थाले उपलब्ध गराएको हो ।
बुलबुलेमा आउने पर्यटकहरुका लागि टिकट चिनोको रुपमा रहने भएकाले फोटोसहितको ठूलो साइजमा टिकट छापेर नगर विकास समितिलाई उपलब्ध गराएको भन्दै संस्थाका कार्यक्रम संयोजक धर्मराज आचार्यले पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने लक्ष्य लिएको बताए ।
ओम् एड्भरटाइजिङको पहल र साहाराले घोराही सिमेन्टसंगको सहकार्यमा एक वर्षका लागि आवश्यक पर्ने रंगिन टिकट उपलब्ध गराउने छ ।
यसका साथै १० वटा जनचेतनामूलक होर्डिङ बोर्ड पनि बुलबुलेमा राख्ने तयारी भइरहेको छ ।
तत्कालका लागि एक लाख २५ हजारमा हामी एक हजार ठेली हामीले नगर विकास समितिलाई हस्तान्तरण गरेका अध्यक्ष विश्वमाया शर्माले बताए ।
एक वर्षका लागि लाग्ने सबै टिकट उपलब्ध गराउने उहाँको भनाई रहेको छ ।
सुर्खेत उपत्यका नगर विकास समीतिका अध्यक्ष नारायण कोइरालाले बुलबुलेको पर्यटन विकासका लागि रंगिन टिकटले महत्वपूर्ण भूमिका खेल्ने दावी गरे ।
टिकट घरमा लगेर आफन्तलाई देखाउन र सजाउन पनि मिल्ने भएकाले बुलबुलेको पर्यटक प्रवद्र्धनका लागि महत्वपूर्ण काम भएको उहाँले दावी गरे ।