अनलाईननेपालगंज डटकम :
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलले यहि माघ २८, २९ र फाल्गुन १ गते ३ दिन तरुणदलका सबै जिल्ला अध्यक्ष एवम विदेश शाखा अध्यक्षहरुको भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजन गर्ने भएको छ । कार्यक्रमको यति बेला निकै जोडतोडले तयारी भईरहेको छ ।
मुलुक नयाँ राजनीतिको चरणमा प्रवेश गरेको बिशेष परिस्थितिमा समसामयिक राजनीतिको समिक्षा, तरुण दलको संगठन चुस्तदुरुस्त बनाई आफ्नो भावी रणनीति बिषयमा बृहत छलफल गरि ठोस निश्कर्षमा पुग्न यस कार्यक्रमको आयोजन गर्न लागिएको नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले बताउनु भयो ।
उक्त भेलाको लागि नेपाल तरुणदल केन्द्रीय समितिले परिपत्र समेत जारी गरेको छ । परिपत्र अनुरुप तोकिएको समयमा यस कार्यक्रममा अध्यक्ष मात्र अनिवार्य रुपमा तरुणदल जिल्ला समितिको प्रतिवेदन सहित उपस्थित हुन नेपाल तरुणदल केन्द्रीय समितिले सबै तरुणदल जिल्ला अध्यक्ष र विदेश शाखा अध्यक्षहरुलाई निर्देशन दिएको छ ।
प्रशिक्षणमा पार्टीका नेता तथा अन्य वुद्धिजीवीहरुले प्रशिक्षण दिनेछन्। दलको कार्यकसमिति विस्तारका लागि समेत कार्यक्रमबाट नेतृत्वसँग पुन आह्वान गरिने पनि बताइएको छ। यस्तै कार्यक्रम भक्तपुर, नगरकोटमा अवस्थित हिलसाइड भिलेज रिसोर्टमा गर्न लागिएको हो ।