तुलसीपुर |बिहान उठेदेखी बेलुकिको रिमझिमे साझ सम्म ग्वार खोलाको किनारमा गिट्टी कुट्दै बित्ने गर्छ । तुलसीपुर उपमहानगरपालीका १८ की ७९ वर्षीय बृद्धा मनकली नेपालीको ।
कपालफुलेर सेत्तै भएका छन । आधा दाँत झरेका छन । अझै पनि गिट्टी कुटि रहन्छीन उनी । घरको अवस्था कमजोर छ । बिहान बेलुकीको दुइ छाक खाने खर्च जुटाउन घाम पानी नभनीकन गिट्टी कुट्छु । उनी भन्छीन –३ छोरा १ छोरी छन तर मलाइ जिउदै मारे ।
अहिले एक्लो जिवन बिताउन लागेको १७ वर्ष भयो । बिरामी हुदाँ तातो पानी तताएर दिने मान्छे कोइ छैन । म दुखारिको दुख्ख कहिले गएन । छिमेकीले पनि रमिता हेर्ने गर्छन उनले दुखेसो पोखीन । आफ्नो पेट पाल्नकै लागी पनि उनि खोलाको तिरमा गिट्टी कुट्न बाध्य भएको बताइन । उनले बिगत १५ वर्ष देखी गिटटी कुट्दै आएको पनि बताइन ।
आर्थिक अवस्था कमजोर हुदाँ गिट्टीलाइ आफ्नो कमाउने साधन बनाउनु पर्यो ,गिट्टी कुटेर जिविका धान्दै आएपनि मेरो पिडा आज सम्म कसैले बुझेन । उनले भनिन । मलाइ दुई छाक खानका लागी पनि गिट्टी नकुटि हुदैन । हात खुट्टामा पानी रहदाँ सम्मशरिरले खियाँउछु । मेरो परान यहिखोलामा गिट्टी कुट्दा कुटदै जान्छ होला । नेपालीले दुखेसो पोखीन ।
गिट्टी कुटेर १५ वर्ष बिताएकी नेपालीका कपाल सेत्तै फुलेका छन । चाउरी परेका गालाले उनको अनुहार गलेको जस्तो देखिन्छ । उनले भनिन– एक टिप गिट्टी कुट्न २४-२५ दिन लाग्छ । एक टिप गिट्टी बेचे वाफत २२ सय रुपैया पाउछु ।
अनि त्यसैबाट आफ्नो छाक टार्छु ।उनीले आफुले सरकार बाट पाउने बृद्धा भत्ता समेत नपाएको समेत बताइन ।
– गणतन्त्र डेली