बैतडी, बुबाको किरियामा बसेका नेपाल कम्युनिष्ट पार्टीका बैतडी इञ्चार्ज वासुदेव जोशी पक्राउ परेका छन्।
प्रहरीले जोशीलाई उनकै घर डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वरबाट पक्राउ गरेको हो।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले उच्छृङ्खल गतिविधि गरेर नागरिकलाई त्रास सिर्जना गर्नुका साथै चुनाव भाँडने काम गरेको भन्दै प्रहरीले जोशीलाई पनि पक्राउ गरेको जनाएको छ।
बुबाको निधनमा किरिया बसेका जोशीलाई ११औँ दिनमा प्रहरीले माथिको आदेश भन्दै नियन्त्रणमा लिएको परिवारजनले जनाएको छ।
तर, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माका भने जोशीले किरिया सकिसकेको र शंकास्पद व्यक्ति भएकाले पक्राउ गरेको दाबी गरे।
प्रहरीले यसअघि पनि बैतडीबाट नेकपाका ६ नेता कार्यकर्तालाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको थियो।