पम्पलेट टाँसेको आरोपमा बिद्यार्थी पक्राउ
नेकपा माओवादीको नेपालबन्दको पम्पलेट टाँस्दै गर्दा अखिल क्रान्तिकारीका बाँके उपाध्यक्ष अंकित भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई नेपालगन्जको सेतुबिक चोकबाट बिहीबार अपरान्ह बन्दको पम्पलेट टाँसेको कारण पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । यता अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष भरत रावलले बन्दको पम्पलेट टाँस्दै गरेको अवस्थामा निर्दोष कार्यकर्तालाई पक्राउ गरेर प्रशासनले गल्ति गरेको बताए । संगठनका जिल्ला उपाध्यक्ष समेत रहेका भट्टराई लाई तत्काल बिनाशर्त रिहा नगरे कडा कदम चाल्ने उनले चेतावनी दिए । उता माओवादीका बाँके सेक्रेटरी संगमले शान्तिपूर्ण राजनीतिक कार्यक्रमको प्रचार गरेर पम्पलेट टाँसेको आरोपमा संसदवादी दलालहरूले भन्ने गरेको गणतन्त्रमा पनि बिद्यार्थीलाई धरपकड गर्नु निन्दनिय रहेको बताए । उनले तत्काल पक्राउ गरिएका निर्दोष विद्यार्थी भट्टराई लाई छाड्न प्रशासनलाई सुझाव समेत दिए । ‘नेपालबन्द देश व्यापि हो, काठमाण्डौं लगायत देशभर प्रचार प्रसार र पम्पलेट टाँस्ने काम भइरहेको छ’- सेक्रेटरी संगमले भने- ‘बाँकेमा मात्र पम्पलेट टाँस्दै गर्दा विद्यार्थीलाई पक्राउ गर्नु प्रशासनको गैरजिम्मेवार कार्य हो, तत्काल आफ्नो हर्कत प्रशासनले सच्याउस् ।’
स्रोत:- निलम RC