१८बैशाख । नेकपा माओवादी निकट अखिल क्रन्तिकारीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला संयोजक प्रकाश अधिकारीलाई काठमाडौंका जिल्ला शिक्षा अधिकारी शङ्कर बहादुर गौतमलाई कालोमोसो दलेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । गिरफ्तार परेका अधिकारी जेल भित्रे आमरण अनसनमा बसेका छन ।।
भ्रष्टचारीलाइ कावार्ही गर्दा पनि जेल बस्नु पर्ने राज्यका बिरुद्ध भन्दै उनि जेलिभत्रै अनसनमा बसेको अखिल क्रान्तिकारीका नेवा संयोजक नारायण नेपाल ले जानकारी दिएका छन ।
स्वयम्भू प्रहरी कार्यालयले हिजो शुक्रबार दिउँसो २ बजे स्वयम्भू क्षेत्रबाट अधिकारीलाई पक्राउ गरेको थियो ।
काठमाडौंका जिल्ला शिक्षा अधिकारी शङ्कर बहादुर गौतमलाई कालोमोसो दलेको आरोपमा उनलाई पक्राउ गरिएको थियाे ।
जिल्ला शिक्षा अधिकारी गौतमले शैक्षिक क्षेत्रमा अनियमितता गरेको , आर्थिक घोटला गरेको भन्दै नेत्रबिक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीले गत १५ गते कार्यकक्षमै प्रबेश गरि कालोमोसो दली जनकारवाही गरेको जनाएको थियो ।
पक्राउ परेका अधिकारिलाइ तत्काल रिहा गर्नुपर्ने माग गर्दै क्रान्तिकारीका नेवा संयोजक नेपालले भने ”राज्यले यस्तै दमनकारी निति अपनाए आफुहरु चुपलागेर नबस्ने बताए । र यसको परिणाम पनि निक्कै नराम्रो हुनेबताए ” पछिल्लो समय राज्यले अनाबश्यक रूपमा प्रहरीले नेकपा माओवादीका नेता कार्यकर्ताहरुलाई अनेकौं बहानामा निग्रानी र गिरफ्तार गर्ने गरेकाे पनि अाराेप लगाए ।