प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै यो वर्ष भुकम्प र नाकाबन्दी बिर्सनै नसक्ने घडी भएकाे बताएका छन् ।
अाेलीले आफूले राष्टियता, लोकतन्त्र र जनजीविकाको आन्दोलनमा आधा शताब्दी बिताएर १४ वर्ष जेलमा काटेको उल्लेख गरे । अान्दाेलनबाट आफू अाएकाे हुँदा कसैका लागि विभेदकारी र तानाशाही हुन नसक्ने बताए।
संवाेधनका क्रममा उनले सरकारले उपप्रधानमन्त्रीको नेतृत्वमा उच्च स्तरीय संवाद समिति बनाएकाले त्यसमा सहभागी भई सार्थक समाधान खोज्न अनुरोध गरे।
प्रधानमन्त्री ओलीले भूकम्पले घर ढले पनि आत्मविश्वास नढलेको उल्लेख गर्दै राहत र उद्धारमा काम गरिए पनि पुननिर्माणमा गति दिन नसकिएको बताए।
उनले नाकाबन्दी लगायतका समस्याले योजना समयमा कार्यान्वयन गर्न कठिन भएको बताए।
नेपालमा मानव अधिकारका बारेमा केही अन्तर्राष्ट्रिय मञ्चमा चर्चा भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आन्दोलन र द्वन्द्वबाट गुज्रेर नै आजको अवस्थामा आइपुगेको बताए।
प्रधानमन्त्री अाेलीले संक्रमणकालीन सत्ता र न्याय सञ्चालनमा कहेी कमी कमजोरी हुन सक्ने उल्लेख गर्दै यदि कसैले धमिलिएको वातावरणमा प्रहार गर्छ भने त्यो स्वीकार्य नहुने बताए।
छिमेकी भारत र चीनलगायत सबै देशसँग संयुक्त राष्ट संघ र पञ्चशीलको आधारमा पारस्परिक हितका आधारमा सम्बन्ध राख्न चाहेको अाेलीकाे भनार्इ थियाे ।
प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्ध रोटीबेटीको सम्बन्धका रुपमा मात्रै व्याख्या गर्न नमिल्ने र असल छिमेकी हुन पारस्परिक लाभ र आपसी सम्मान र अहस्तक्षेपको निति अँगाल्नु पर्ने बताए।
सम्बोधनको सुरुमा प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री भएको एक महिनापछि गरेको सम्बोनमा गरेका कुराका बारेमा चर्चामा गरेका थिए भने पछिल्लो समय सरकारले गरेका र भावी दिनमा गर्ने कार्यका बारेमा जानकारी दिएका थिए।