रेखा मगर ,
दाङ ,२६ जिल्ला प्रहरी कार्यालय दाङले विष्णु महराको हत्यामा संलग्न रहेको आरोपमा गाडी सहित एक जनालाई सार्वजनिक गरेको छ । प्रहरीले हिजो पत्रकार सम्मेलनको आयोजना गरी हत्यामा संलग्न रहेको आरोपमा सौडियार ३ बस्ने हिमाल भन्ने खिमबहादुर डाँगी र बा ९ च २९३ नम्वरको टोइटा हाइलक्स गाडी सार्वजनिक गरेको हो ।
हत्यामा प्रयोग भएको गाडी सार्बजनिक गर्दै दाङका निमित्त प्रहरी प्रमुख प्रकाश शर्मा
डाँगीले महरासँंग लिएको १५ लाख रुपैयाँ तिर्नुपर्ने भएपछि हत्या गरेको अनुसन्धानबाट खुलेको दाङका निमित्त प्रहरी प्रमुख प्रकाश शर्माले बताउनुभयो । लमही सामान पु¥याउनु छ भन्दै घोराही नगरपालिका ११ बस्ने निर्माण व्यवसायी पदम शर्मासँंग मागेर लगेका आरोपी डाँगीले भोलिपल्ट बिहान साढे आठ बजे गाडी धनिलाई गाडी बुझाईदिएको प्रहरीले बताएको छ ।
केहिदिन प्रहरीको हिरासतमा बसेका गाडी धनी पदम शर्मालाई प्रहरीले तारेखमा छोडेको छ ।घटना भएको २४ घण्टाभित्र हत्या आरोपी डाँगी र ४८ घण्टाभित्र गाडीलाई प्रहरीले निन्त्रणमा लिएको थियो । प्रहरीले पक्राउ परेका डाँगीमाथि कर्तव्य ज्यान सम्बन्धि मुद्दा चलाएको छ । आरोपी व्यक्ति विगतदेखिनै आपराधिक गतिविधिमा संलग्न रहदै आएको प्रहरीले दाबी गरेको छ ।
रोल्पाको जेलवाङ गाविस १ घर भई हाल घोराही नगरपालिका ६ रझेना निवासी करिव ३८ वर्षका विष्णुबहादुर महराको शव चैत्र १६ गते बिहान घोराही नगरपालिका ४ डबरी भन्ने स्थानमा फेला परेको थियो । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गर्न एक सय बढीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।।