रेखा मगर
दाङ, २२ चैत्र दाङको घोराही नगरपालिका २ गुलरियाकी रिता चौधरीमाथि एसिड प्रहार गरेको अभियोगमा २ जनालाई पुर्पक्षका लागी कारागार चलान गरिएको छ । गत फागुन २७ गते वेलुका भएको एसिड प्रहारको घटनामा संलग्न रहेका आरोपितहरु घोराही २ जमुनाटोलका विनु चौधरी र सुनिल चौधरीलाई पुर्पक्षका लागी कारागार चलान गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक प्रकाशराज शर्माले यहि चैत्र १४ गते आरोपितहरुसंग वयान लिंदा घटनामा संलग्न रहको स्वीकार गरेपछि पुर्पक्षका लागी कारागार चलान गरिएको जानकारी दिनुभयो । यसैविच, ईलाका प्रहरी कार्यालय तुलसीपुरले हत्या आरोपमा एकजनालाई चार महिनापछि पक्राउ गरेको छ ।
तुलसीपुर १८ क्वाङ्गी निवासी २९ वर्षिय जलसु चौधरीको शव गत मंसिर २७ गते क्वाङ्गी र ठूटी जाने बाटोको चोकमा भेटिएको थियो । मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा चारमहिना पछि तुलसीपुर १३ पढ्ढाका २५ वर्षीय पतिनारायण चौधरीलाई पक्राउ गरी म्याद थप गरेको ईप्रका तुलसीपुरका डिएसपी कृष्ण प्रसाईले जानकारी दिनुभयो ।।