, काठमाडौं २२ चैत । नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनबाट फर्किएका जनशक्तिबाट कल्याणकारी कोषमा मोटो रकम दाखिला गरी व्यवसायमा लगाउने तयारी गरेकेा छ ।
सेनाले दर्जा अनुसार रकम कट्टागरी सैनिक कल्याण कोष मार्फत व्यापार व्यवसायमा लगानी गर्न लागेको आजको राजधानी दैनिकमा समाचार छ ।
सेनाले हाइड्रोपावर, हेटौंडा कपडा उद्योग लगायतमा लगानी गर्ने प्रक्रिया अगाडि बढाएको छ । सेनाको यस्तो तयारीले सुरक्षा संगठनसमेत व्यापार गर्ने संगठनका रुपमा अगाडि आउन थालेको सुुरक्षा विश्लेषकको बुझाइ छ ।
शान्ति सैनिकको पारिश्रमिक बृद्धि भएसंगै नेपाली सेनाले यस अघिको कोषमा कट्टा गरिने रकमको अनुपात बढाएर दर्जागत रुपमा कट्टा गर्ने व्यावस्था ल्याएको हो ।
कोषमा रक कट्टा गर्ने योगदानका हिसावले जबानको रकम बढी काटौति हुने गरेको छ ।
पल्टनका रुपमा तैनाथ शान्ति सैनिकले यसअघि पाउने मासिक १ हजार २८ डलर पारिश्रमिक हुँदा कल्याण कोषमा सबै तहका जनशक्तिबाट ८०१.८४ सेन्ट कट्टा गरिन्थ्यो ।
तर एक वर्षअघिदेखि मिसनको अवधि एक वर्ष बनाउँदै राष्ट्रसंघले मासिक पारिश्रमिक १ हजार ३ सय ३२ डलर र अतिरिक्त भत्ता दिने निर्णय गरेपछि सेनजाले कोषमा जम्मा हुने रकम हेरफेर गरेको हो ।
नयाँ नियम अनुसार सेनानीको २९, परिचरको ३ सय ७८ डलर कोषमा कटौती हुने भएको छ ।