काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सरकारका निम्ति आह्वान गरिरहेका बेला कांग्रेस सभापति देउवाले तत्काल राष्ट्रिय सहमतिको सरकार आवश्यक नभएको बताएका छन् ।
उनले आफूहरु सत्तामा जान लालायित नभएको उनले प्रस्ट पारे । उनले संसद्मा रहेका सबै दल सरकारमा जाने हो भने तानाशाही हुने भन्दै बलियो प्रतिपक्षको आवश्यकता पर्ने बताए ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
‘संसद्मा रहेक सबै दल मिलेर सरकार बनाउने हो भने सरकारको तानाशाही प्रवृत्ति बढ्छ,’ देउवाले भने, ‘सरकारको तानाशाही प्रवृत्ति रोक्न पनि बलियो र सशक्त प्रतिपक्ष आवश्यक पर्छ, त्यसैले हामी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौं ।’