काठमान्डौं २८ माघ । ब्रेन ह्यामरेज भएपछि ३ दिन यता न्यूरो अस्पताल बाँसबारिमा उपचाररत कांग्रेस नेता नरहरि आचार्यको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ। सभापति सुशील कोइरालाको मृत्युको खबर सुनेर कोइराला निवास पुगेका आचार्य शरिरमा असजिलो भएपछि अस्पताल गएका थिए। न्यूरोमा पुगेपछि उनको ब्रेन ह्यामरेज भएको पत्ता लागेको थियो।
डाक्टरहरुको निगरानीमा उनलाई राखिएको छ। बुधवार देखि उनलाई फिजियोथेरापी गराइएको छ। आचार्यलाई अहिले बोल्न दिइएको छैन। ‘बोल्न खोज्नुभएको थियो तर डाक्टरले बोल्दा धेरै इनर्जी लस हुन्छ भनेर नबोल्न भनेका छन्,’ कार्यकताले भने
आचार्यको मष्तिस्कमा रगत जमेकोे डाक्टरहरुले बताएका छन्। उनीहरुका अनुसार बोल्ने र दाइनेहरको कनेक्सन हुने ठाउँमा रगत जमेको छ। त्यसैले उनको दायाँ हर शिथिल छ। जमेको रगत ४ दिनमा आफै पग्लीने डाक्टरहरुले बताएका छन्। पग्लीएपछि त्यो रगत कसरी बग्छ त्यसपछि मात्रै आचार्यको स्वास्थ्यमा कस्तो सुधार हुन्छ भन्ने तय हुने डाक्टरहरुले बताएका छन्।