काठमाण्डौँ ,२६ माघ ।
निवर्तमान प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति सुशील कोइरालाको ७६ वर्षको उमेरमा निधन भएको छ । निमोनियाका कारण स्वासप्रस्वासमा समस्या देखीएपछि बिरामी परेका कोइरालाको आफनै निबाश महराजगन्जमा मंगलबार राती एक बजे निधन भएको हो ।
पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा सन् १९३९ मा बिराटनगरमाजन्मुभएका कोइराला अविवाहित हुनुहुन्थ्यो ।पछिल्लो केहीदिन देखि निमोनियाका कारण ज्वरोले थलिएका कांग्रेस सभापति सुशील कोइरालाको स्वासप्रश्वासमा गडवडी भएपछि निधन भएको महाराजगञ्ज स्रोतले बताएको छ।
कोइरालाका निजी चिकित्सक करविरनाथ योगीले महाराजगञ्जमा भेला भएका परिवार सदस्य तथा नेताहरुलाई ‘टाइप टु रेस्पिरेटरी फेलियर’ का कारण निधन भएको जानकारी दिएका छन्। ‘टाइप टु रेस्पिरेटरी फेलियर’मा मानिसको शरिरले हावाबाट अक्सिजन लिन र शरीरमा भएको कार्बनहाइ अक्साइड बाहिर फाल्न असमर्थ हुन्छ।
ब्रोङकाइस्टका दीर्घ रोगी कोइराला पछिल्लो केही दिन देखि ज्वरोले थलिएका थिए। निमोनियाले च्यापेपछि निवासमै निजी चिकित्सकहरुबाट उपचार लिँदै आएका थिए। उनलाई तीनवटा इन्टिबाइटिक चलाइएको थियो। हिजो साँझ गाह्रो भएपछि चिकित्सक योगी कोइरालाको निवासमै गएर बसेका थिए। पछिल्लो केही दिनदेखि कोइराला सार्वजनिक कार्यक्रमहरुमा उपस्थित थिएनन्।
लामो समयदेखि जिब्रोको क्यान्सर रोगबाट पीडित भएका कोइरालाको क्यान्सरकै कारण निधन नभएको योगीले बताए। कोइराला विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई १० सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका उनि३६ सालदेखी नेपाली कांग्रेसको केन्द्रीय सदस्य महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गरीसकेका थिए।
पार्टीको एघारौँ महाधिवेशनपछि पार्टीको कार्यवाहक सभापतिका हैसियतले कामगरेका थिए।स्वदेश र प्रवासमा नेपाली काङ्ग्रेसका नेता बिपी र गिरिजा निकट रहेर१२ औं महाधिवेशनमा नेपाली काँग्रेसको सभापति चुनिएका उनि पाँच दशक राजनीतिमा बिताई सकेका थिए ।
कोइरालाले ०४६ सालपछि कांग्रेस नेतृत्वमा पटकपटक सरकार बन्दा पनि मन्त्री पद अस्वीकार गर्दै आएपनि पछिल्लो समय देशको कार्यकारी प्रधानमन्त्रत्री भएर देश चलाएका थिए लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेका कोइरालाले आधा दशकजेल र दुई दशकप्रबाशमा समेत बिताएका थिए।पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको कार्यकालमै बाह्रौँ महाधीबेशनमा कार्यवाहक सभापती भएका उनि नेपाली राजनैतिक बृतमा एक ईमानदार र लगनशिल नेताका रुपमा चिनिन्छन ।