काठमान्डौ ,२५ माघ अंग्रेजी बर्ष अनुसार फ्रब्रुअरी चौधमा मनाईने प्रेम दिबशका लागी भारतबाट करीब तिसलाख बराबरको गुलाब आयात हुने भएको छ ।युबाहरुको लागी लोकप्रिय मानिदै आएको प्रेम दिवसको लागि यो वर्ष भारतबाट करीब एक लाख प्रेमकोप्रतिक मानिने रातो गुलाफको फुल ल्याइने भएको छ ।
जाडोको समयभर बढी मात्रामा रातो गुलाफ प्रयोग हुने भएकाले भारतबाट फूल आयात गर्न लागिएको फ्लोरीकल्चर एसोसिएसनका अध्यक्ष लोकनाथ गैरेले ३० लाख देखि रु ४० लाखसम्माको गुलाफको फुल खरीद गरी आयतन गर्न लागेको जानकारी दिनुभएको छ ।
विशेषगरी फेबु्रअरी १४ तारीखको दिन प्रेमी प्रेमीकाले मायाको चिनोका रुपमा एक आपसमा रातो गुलाफ आदान प्रदान गर्ने गर्दछन् । फूल आगामी मङगलबारसम्म आइसक्ने बताईएको छ । हाल नेपालमा रातो गुलाफ दैनिक पाँच हजारदेखि सात हजार आवश्यक पर्ने गरेको बताइएको छ । गर्मीको समयमा स्वदेशी उत्पादन र जाडोको समयमा भारतबाट आयात गरी माग पूरा गर्ने गरिएको छ ।
गतवर्ष पनि प्रेम दिवसका लागि भारतबाट एक लाख रातो गुलाफ ल्याइएको थियो । बर्सेनि आयात कम गर्ने भनिए पनि भूकम्पका कारण यसवर्ष फूलखेती त्यति फस्टाउन नसकेकाले गत वर्षको जतिनै फूल आयात गर्नु परेको अध्यक्ष गैरेले बताउनुभयो ।
नेपालमा वार्षिक रु चार करोड बराबरको फूलको आयात हुँर्द आएको छ । विदेशबाट आयत गरिएको र स्वदेशमा नै उत्पादन भएको गरी रु एक अर्ब ३० करोडको फूलको वार्षिक कारोबार हँुदै आएको छ । प्रणय दिवसको दिन रातो गुलाफ र तिहारमा सयपत्री फूल भारतबाट आयात हँुदै आएको छ ।
केही वर्षदेखि नेपाललाई फूल उत्पादनमा आत्मनिर्भर बनाउने भनिए पनि फूल व्यवसायप्रति कृषक आकर्षित नहुने, यससँग सम्बन्धित विज्ञ नहँुदा अपेक्षा गरे अनुरुप यो व्यवसाय फस्टाउन नसकेको एसोसिएसनका उपाध्यक्ष दिलीप वादे बताएका छन । पछिल्लो समय विवाह, सभा सम्मेलनमा फूलको प्रयोग बढ्दै गएपनि व्यावसायिक कृषकको कमीले गर्दा माग पूरा गर्न सकिएको छैन ।
भारतबाट आयात गरिएको गुलाफको मूल्य रु ३० देखि रु ४० सम्म पर्छ । नेपालमा झण्डै ६०० प्रजातिका फूलको व्यावसायिकखेती हँुदै आइको छ ।