झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले नेपाली भूमिमा प्रवेश गरेका १३ जना मानिस र ७ वटा हतियार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए। ‘१३ जना मानिस र ७ वटा हतियार नियन्त्रणमा लिएको जानकारी आएको छ’ उनले भने ‘ सहायक प्रमुख जिल्ला अधिकारीको टोली त्यसतर्फ गएको छ, उहाँहरु पुगेपछि थप जानकारी आउला।’
घटनाको बारेमा जानकारी लिन झापाका सहायक प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौला सहितको टोली केचनातर्फ गएको हो। केही दिनअघि सुनसरीमा नेपाली भूमिमा नै प्रवेश गरेर एसएसबीका जवानले गोली प्रहार गर्दा ४ जना नेपाली घाइते भएका थिए।