नेकपा एमालेका उप-महासचिव विष्णु पौडेलले शक्ति बाँडफाँडमा प्रमुख दलहरुबीच सहमति भइसकेको भन्दै त्यसमा तलमाथि नहुने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा पौडेलले भने-‘संविधान जारी भईसकेपछि केपी शर्मा ओलीको नेतृत्वमा सहमतिको सरकार बनाउने, सुशील कोइरालालाई राष्ट्रपति र एमाओवादीलाई सभामुख दिने गरी शक्ति बाँडफाँडमा सहमति भइसकेकोले त्यसमा तलमाथि हुँदैन ।’
सबै मुख्य पदमा फोरम लोकतान्त्रिकसहित चार राजनीतिक पार्टीहरुवीच सहमति भइसकेको भन्दै तीन दलसहितफोरम लोकतान्त्रिक र राप्रपा नेपालसहितका दलहरुको सहमतिमा ओली प्रधानमन्त्री बन्ने दाबी गरे