राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मिति २०७१/०१/०३ गते देखी “त्रिभुवन विश्वनविद्यालयको सम्बन्धनमा संचालित Post Graduate Diploma in Police Sciences (PGDPS) कार्यक्रम समावेश भएको प्रहरी निरीक्षक आधारभूत तालिम १५८ औं समूह” को मिति २०७२/०६/१३ गते माननीय उप-प्रधान तथा गृहमन्त्री बामदेव गौतमज्यूको प्रमुख आतिथ्यमा एक समारोह बीच दीक्षान्त कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथिज्यूबाट उत्कृष्ट प्रशिक्षार्थीहरु तथा प्रशिक्षकलाई पुरस्कार वितरण गर्नुका साथै निर्देशन सम्बोधन गर्नु भएको थियो ।
उक्त कार्यक्रममा यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि.श्री राजेन्द्र सिंह भण्डारीबाट स्वागत मन्तव्यका साथै शब्दोचारण सहित प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो भने त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन डा. ध्रुब पोख्रेलज्यूबाट मन्तव्य व्यक्त गर्नुका साथै तालिम संयोजक प्र.उ. बिष्णु कुमार के.सी.ले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संगठन प्रमुख श्रीमान् प्र.म.नि. उपेन्द्र कान्त अर्यालले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममा गृहसचिबज्यू, नेपाली सेनाका रथीज्यू , शसस्त्र प्रहरी महानिरीक्षकज्यू, राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धान प्रमुखज्यू ,पुर्व प्रहरी महानिरीक्षकज्यूहरु लगायत अन्य बरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
तालिममा प्रथम स्थान हात पार्न सफल प्रहरी निरीक्षक कमल बेलबासे, द्धितिय रञ्जन अवा र कञ्चनपुर घर भएका प्रहरी निरीक्षक विकास बमलाई दिक्षान्त समारोहमा गृहमन्त्रीले पुरस्कृत गरेका थिए ।प्रहरी निरीक्षक बम कञ्चनपुरको कृष्णपुर–१ बंकका बासिन्दा हुन् । हाल उनी रोल्पामा कार्यरत छन् ।