अमेरिकाको लागि सन् २०१७ को डिभी कार्यक्रमको आज बिहिबारबाट आवेदन दर्ता खुल्ने भएको छ। अमेरिकी दुतावासकाअनुसार आजबाट खुल्ने डाइभर्सिटी भिसा कार्यक्रमको अन्तिम आवेदन दर्ता आगामी कार्तिक १७ गतेसम्म रहनेछ।
नेपालको स्थानीय समय रातको ९.४५ बजेदेखि खुल्ने यो कार्यक्रममा कुनै शुल्क नलाग्ने पनि दुतावासले जनाएको छ।