केबल टेलिभिजन सञ्चालकहरुले मंगलबार बिहान १० बजेदेखि देशभर हिन्दी च्यानल बन्द गर्ने भएका छन् ।
भारत सरकारले नेपालमा एक सातादेखि नाकाबन्दी गरेपछि सोमबार बसेको नेपाल केबुल टेलिभिजन संघ र नेपाल केबुल टेलिभिजन एसोसिएसनको संयुक्त बैठकले हिन्दी च्यानल बन्द गर्ने निर्णय गरेका हुन् ।
संघका अध्यक्ष सुशील पराजुलीले राष्ट्रिय स्वाधीनामाथि गम्भीर हस्तक्षेप भएको निष्कर्ष निकाल्दै हिन्दी च्यानल बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।