आज देखि पेट्रोल र डिजेलमा कोटा प्रणाली सुरु भएको छ । भारतले अघोषित रुपमा नाकाबन्दी गरेका कारण मुलुकभर पेट्रोलियन पदार्थको अभाब हुन थाले पछि आजदेखि १३ गतेसम्म कोटा प्रणालीमा पेट्रोल र डिजेल विक्रि गर्न लागिएको हो ।
नेपाल आयल निगमका प्रवक्ता दीपक बरालका अनुसार अब मोटरसाइकलले एक हप्तामा ३ लिटर पेट्रोल पाउनेछन् । त्यस्तै कारले हप्तामा १० लिटर, ट्याक्सीले प्रतिदिन जोर र बिजोर अनुसार आफ्नो पालोमा १० लिटर, ठूलो बसलाई जोर र बिजोर प्रणालीअनुसार प्रतिदिन ३० लिटर दिईनेछ । त्यसैगरी मिनी बसले जोररबिजोर अनुसार प्रतिदिन २० लिटर, स्कुल कलेजका बसले प्रतिदिन २० लिटर पाउने छन् ।
तीन दिनदेखि पेट्रोल पम्पहरुलाई पेट्रोल, डिजेल नदिएको नेपाल आयल निगमले आजदेखि पम्पहरुलाई पेट्रोलियम पदार्थ वितरण गर्ने छ । सामान्य दिन जसरी प्रयोग गर्ने हो भने ४ दिनलाई मात्रै पुग्ने पेट्रोल र ८ दिनलाई पुग्ने डिजल निगमसँग स्टकमा रहेको प्रवक्ता बरालले बताउनु भयो । पेट्रोल, डिजल र ग्यासमा अभाव भएपनि आन्तरिक उडानका लागि करिब १ महिनालाई पुग्ने हवाई इन्धन स्टकमा रहेको छ ।