चितवन १० असोज- चितवनमा हिन्दी च्यानलहरुको प्रशारण बन्द भएको छ । भारतले अघोषित रुपमा नाका बन्दी गरेको विरोधमा भारतीय च्यानल बन्द प्रशारण बन्द गरिएको हो ।
अनेरास्ववियुले दवाब दिएपछि चितवन युनिक केवुल टिभीले हिजो साँझ ७ बजेदेखि सम्पूर्ण भारतीय च्यालनहरुको प्रशारण बन्द गरेको हो ।
नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु चितवनले ६ घण्टा भित्र भारतीय टेलिभिजनहरु बन्द गर्न केवुल प्रदायक सञ्चालकहरुलाई दिउँसो अल्टिमेटम दिएको थियो । अनेरास्ववियु चितवनले भारतीय टेलिभिजनहरु प्रशारणमा रोक लगाउन केवुल सञ्चालकहरुलाई हिजो ज्ञापनपत्र बुझाएको थियो । अनेरास्ववियु चितवनका अध्यक्ष देवप्रसाद पाठकको नेतृत्वमा गएको टोलीले चितवनको चित्रवन युनिक केवल, टिभि र सिम टिभि सञ्चालकहरुलाई ज्ञापन पत्र बुझाई ६ घण्टा भित्र भारतीय सबै टेलिभिजनको प्रशारण बन्द गराउन अल्टिमेटम दिएको थियो ।