काठमाडौं । भारतले ‘नाका बन्दी’ गर्ने हल्लापछि मंगलबार एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘भारतले नाकाबन्दी गरेपनि आत्तिनुपर्दैन ।’ उनले नेपालको संसवधान बन्दा छिमेकीले नाका बन्दी गर्नुपर्ने कुनै कारण नभएको समेत बताए ।
मंगबार राजधानीमा नेता गोपाल किरातीको पुस्तक ‘प्रचण्डपथको विजय’ सार्वजनिक गर्दै प्रचण्डले भने, ‘नेपाली जनताका प्रतिनिधिले संविधान बनाउँदा कसैले नाकाबन्दी गर्छ भने हामी आत्तिनु पर्दैन ।’ नाकाबन्दी भएपछि सबै नेपाली एकजुट भएर सामाना गर्ने तर, स्वाभिमान नझुक्ने उनले बताए ।
भारतसँग द्वन्द्व, असमझदारी र झगडा गर्ने पक्षमा आफूहरु नरहेको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले आफ्नो स्वाभिमान र आत्मसम्मानमा प्रहार भए त्यसको प्रतिवाद गर्न तयार हुनपर्ने धारणा राखेका थिए ।
नेपालीको नयाँ संविधान निर्माणमा प्रमुख भूमिका निर्वाह गरेका प्रचण्डले सुगौली सन्धिदेखि नेपालको शिर निहुरिएको भन्दै नेपालले नैसर्गिक अधिकार प्रयोग गर्दा भारतीय जनताले समर्थन जनाउनुपर्ने समेत बताए । ‘यदि नाकाबन्दी गरे हामी गाडी छाडेर साइकल चढ्छौं’, उनले भने, ‘तर, केका लागि भारतले नाका बन्दी गर्छ, त्यो स्पष्ट हुनुप¥यो ।’