लामो प्रयासपछि संविधानसभामार्फत देशले नयाँ संविधान पाएको खुसीयालीमा आज प्रमुखदलहरुको आयोजनामा काठमाडौंमा भव्य समारोहको तयारी गरिएको छ। मन्त्रिपरिषदको हिजोको निर्णय अनुसार आज सैनिक मञ्चमा भव्य सभाको आयोजना गरिएको सरकारका प्रवक्ता डा. मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।
नयाँ संविधानलाई स्वागत गर्न प्रमुख तीन दलसहित संविधान निर्माण प्रक्रियामा सहभागी सबै दलले एकीकृत समारोह गर्न लागेका हुन् ।
समारोहमा काठमाडौंका विभिन्न ठाउँबाट ¥यालीसहित सहभागीताका लागि आह्वान गरिएको छ । समारोहका लागि शान्ति वाटीकाबाट नेपाली काँग्रेसको नेतृत्वमा ¥याली सुरु हुनेछ, भने बागबजारबाट नेकपा एमालेको नेतृत्वमा ¥याली सुरु हुनेछ ।
त्यसैगरी एकीकृत नेकपा माओवादी नेतृत्वको जुलुश भृकुटी मण्डपबाट सैनिक मञ्चमा आउने छ ।
त्यस्तै भद्रकालीबाट अन्यपार्टी संघसंस्थाको अगुवाईमा हुने र्यालीले उपत्यकाका मुख्य भाग परिक्रमा गरी सैनिक मञ्च टुडिखेलमा प्रवेश गर्ने तयारी छ ।
निर्धारित ठाउहरुमा मध्यान्न १२ बजे जम्मा भएर सवै र्यालीहरु सैनीकमञ्चमा पुगेपछि दिउसो साढे १२ बजेपछि कार्यक्रम सुरु गरिने भएको छ । सैनिक मञ्चमा हुने एकीकृत सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्नु हुने छ । सरकारले समारोहमा उपस्थित हुन सभासद, राजनीतिकदल, पत्रकार, निजामति कर्मचारी, कलाकार, चिकित्सक, पेसाकर्मी, व्यापारीलाई उपस्थित हुन आग्रह गरिसकेको छ । र्यालीमा सहभागि हुन सबै आ—आफ्नो भेषभुषामा उपस्थित हुन सरकारले भनेको छ ।
संविधानसभाबाट नयाँ संविधानजारी भएको खुशीयालीमा सरकारले हिजो र आज दुई दिन सार्वजनिक विदा पनि दिएको छ ।