भैरहवा, भदौ ३१ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अवको आन्दोलन राजमार्ग र भन्सारमा केन्द्रित गर्ने बताएका छन । भन्सार हुदै कुनै पनि सवारी नेपाल भित्रियो भने सवारी मात्र हैन त्यसमा सवार सबैलाई जलाईदिने भनि भैरहवामा मधेशी मोर्चाका नेताहरुले चेतावनी दिएका छन ।
भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि मोर्चाका संयोजक महेन्द्र यादवले यस्तो चेतावनी दिएका हुन । भारतीय सञ्चारमाध्यमका प्रतिनिधि समेत सामले भएको उक्त पत्रकार सम्मेलनमा बोल्दै मोर्चाको संयोजक यादवले भोली शुक्रबार देखी भारतीय सवारी समान लिएर नेपाल नआउन अनुरोध गरे । “आफुहरुको अनुरोधलाई वेवास्ता गरि अटेर गरि समान लिएर नेपाल आए त्यस्ता ट्रक मात्र हैन सो मा सवार भएका सबैलाई सवारी सहित जलाई दिने छौ ।” संयोजक यादवले चेतावनी दिए ।
भदौ २९ गते प्रहरीले बेथरीमा ४ जना सर्वसाधारणको हत्या गरेको बताउदै यादवले रुपन्देहीमा अर्को टिकापुर घटना हुन सक्ने पनि चेतावनी दिएका छन । अहिले रुपन्देहीको बेथरीमा प्रहरीले स्थानिय माथी अत्याचार गरेको मोर्चाका संयोजक महेन्द्र यादवले बताए । यादवका अनुसार कफ्र्युको आडमा बेथरीमा खटिएका प्रहरी सर्वसाधारणको घरमा गई महिला तथा चेलीहरुलाई दुव्र्यवहार गर्ने गरेका छन । बाहिर देखिएका महिलालाई प्रहरीले पाईन्टका जिप खोली जिस्काउने गरेको उनले आराप लगाए । सर्वोच्च अदालतको गोली नचलाउने अन्तरिम आदेश हुदा हुदै रुपन्देहीको प्रमुख जिल्ला अधिकारीको आदेशमा प्रहरीले निर्दोषहरुको हत्या गरेको बताउदै रुपन्देहीका सिडिओ तथा प्रहरी प्रमुखहरुलाई कार्यवाहीको समेत माग गरेको छ । मोर्चाले एक प्रेस बिज्ञप्ती जारी गर्दै प्रहरी प्रमुख तथा सिडिओ बाहेक अन्य दोषीहरुको पहिचान गरि कडा कानूनी कार्यवाहीको माग गरेको छ ।
संयुक्त थरुहट संघर्ष समितिका रुपन्देही संयोजक शतीश चौधरी, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका रुपन्देही संयोजक महेन्द्र यादव, संघिय मधेशी मोर्चाका रुपन्देहीका संयोजक देवेन्द्र पाण्डेले संयुक्त रुपमा हस्ताक्षर गरेका बिज्ञप्तीमा प्रहरीले उद्योगको लागी सवारीहरुको स्कर्टिङ्ग नगर्ने लिखित सम्झौता भएको दावी गरेका छ ।
बेथरी झडपको क्रममा दर्जन बढी सर्वसाधारणको हत्या गरि शव प्रहरीले लुकाएको दावी गरेको छ, यद्दपी यसको पुष्टि भएको छैन । बेथरी घटनामा प्रहरीले “ठोक ठोक मधेशीलाई टाउकोमा ठोक ” भन्दै गोली हानेको आफुहरु सित भिडियो प्रमाण भएको मोर्चाका संयोजक महेन्द्र यादपले पत्रकारहरुलाई जानकारी गराए । उनले सोही प्रमाणहरुको आधारमा नेपालका न्यायिक निकाय, मानवअधिकार देखी युएन सम्म मुद्दा दर्ता गर्ने जानकारी पनि दिए ।
मृतकहरुलाई शदि घोषणा, आश्रित परिवारलाई राज्यले शिक्षा र रोजगारीको को माग गर्दै घाइतेहरुलाई निशुल्क उपचारको ब्यावस्था गर्न मोर्चाले बिज्ञप्ती मार्फत माग गरेको छ ।
राज्यले अहिले मधेशीहरुलाई नेपालीको ब्यवहार नदेखाएको हुदा भोली देखी जिल्ला प्रशासन कार्यालयमा नागरिकता बुझाउने कार्यक्रम पनि रहेको मोर्चाको निर्णय भएको सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष ओम प्रकाश यादव (गुल्जारीले) बताए । पत्रकार सम्मेलनमा तराई मधेश सदभावना पार्टीको उमा शंकर यादव, नेपाल सदभावना पार्टीका हरिश्चन्द्र सिंह, नेता सन्तोष पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
भदौ २९ गते भैरहवा–लुम्बिनी सडक खण्डको बेथरीमा प्रहरी र मोर्चाका कार्यकर्ता बिच झडप हुदा हाटबजारमा रहेका २ नाबालक सहित ४ जनाको मृत्यु भएको थियो भने दर्जन बढी घाईते भएका छन । मृतकहरुको अहिले सम्म अन्तेष्टि हुने सकेको छैन । यसै बिच स्थानिय प्रशासनले बेथरीमा बिहान ७ बजेदेखी १० बजे सम्म कफ्र्यु खोलेको थियो । कफ्र्यु आज राती १० बजे सम्मको लागी थपिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले जानकारी दिए ।