आज निजामती कर्मचारी दिवस राजधानी लगाएत दशै भरी विभिन्न कार्यक्रम गरि मनाइँदै छ । स्थायी सरकारको रुपमा कार्यरत निजामति कर्मचारीहरुले आज देशैभरी विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदै छन् । नेपालमा निजामति सेवा गठन भएको लामो समय भएपनि २०६२ साल भदौ २२ गतेदेखि मात्रै यो दिवस मनाउन सुरु गरीएको हो ।
विक्रम सम्बत् २०१३ साल भदौ २२ गते तत्कानिल प्रधानमन्त्री टंकप्रसाद अचार्यको पालामा निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक बर्ष यो दिवस मनाउन थालिएको हो । नेपालमा अहिले ८० हजारभन्दा बढि निजामती कर्मचारीहरूको पद सिर्जना भए पनि कार्यरत कर्मचारीको संख्य भने तोकिएको भन्दा कम छ ।
यसैबिच—दिवसका अबसरमा प्रभातफेरीको आयोजना गरिएको छ । र्याली भृकुटी मण्डपबाट सुरुभई विभिन्न स्थानको परिक्रमासहित दशरथरंगशालामा आएर समापन हुने छ । विसवका अबसरमा १० जना निजामति कर्मचारीहरुलाई पुरस्कार गर्ने कार्यक्रम रहेको छ । त्यस्तै दिवसका अबसरमा अहिले केहिबेरमा मुख्य सचिव सहतिको एउटा टोली र ट्रेड युनियनको अर्काे टोलीबिच मैत्रिपुर्ण फुटवल प्रतियोगिताको आयोजना गरिएको छ । दशरथरङगशालामा हुने मैत्रिपुर्ण खेलको उद्घाट समान्य प्रशासन मन्त्रि लालबाबु पण्डितले उद्घाट गर्नुहुने भएको छ ।