नेपाल आयल निगमले डिजेल र मट्टितेलको बिक्री मूल्य पुनः घटाएको छ ।
निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा रु एक÷एक घटाएको निगमले जनाएको छ ।
निगमका प्रवक्ता दीपक बरालका अनुसार सार्वजनिक यातायातको भाडा कम गर्न सरकारलाई सहयोग होस् भन्ने उद्देश्यले डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर रु एक÷एक घटाइएको हो ।
उहाँले अन्तर्राष्ट्रिय बजारमा मूल्य समायोजन नभए पनि सरकारको आग्रहमा बिक्री मूल्य घटाइएको र यसले सम्पूर्ण यात्रुवर्गलाई सहयोग पुग्ने बताउनुभयो ।
आजदेखि डिजेल र मट्टितेलको मूल्य रु ८३ कायम हुने र पेट्रोल तथा खाना पकाउने ग्यासको मूल्य भने पुरानै कायम हुने जनाएको छ ।
पेट्रोल प्रतिलिटर रु १०४ र खाना पकाउने ग्यास प्रति सिलिण्डर रु १४०० मा बिक्री मूल्य कायम हुने पनि उहाँले जानकारी दिनुभयो ।