पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडकखण्ड आजदेखि सञ्चालनमा आउने भएको छ । सङ्घीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको अनिश्चितकालीन पूर्व बन्द फिर्ता भएपछि यातायातका साधान हिजोबाट चल्न थालेका छन् । तर पहिरो पन्छाउन नसक्दा ताप्लेजुङ भित्रने तथा बाहिरिने सवारीसाधन भने सञ्चालनमा आउन सकेका छैनन् । लिम्बूवानको बन्द खुलेपछि पाँचथर, इलाम र झापाबाट ताप्लेजुङ भित्रने सवारीसाधन पहिरोका कारण बीच बाटोमै रोकिएका छन् ।
यसैबीच पूर्वि नेपालमा बन्द खुलेपनि तराई मधेसका जिल्लामा बन्द कायम नै छ । बन्दले जनजीवन प्रभावित भएको छ । गाडी नचद्यदा यात्रुहरु बिचबाटोमा नै अलपत्र परेका छन् । यसैबीच बाग्लुङ बन्द पनि फिर्ता भएको छ । दलहरुबीच हिजो भएको सहमतिमा बाग्लुङ जिल्लालाई नटुक्र्याउने सहमति भएपछि बाग्लुका राजनीतिक दलले गराएकबो बन्द आजदेखि फिर्ता भएको हो ।
कैलालीको टीकापुर र विरगन्जमा कफ्र्यु केृही खुकुलो बनाइएको छ । टीकापुरमा चार घण्टा र विरगञ्जमा बिहान ९ देखि दिउँसो २ बजेसम्म कफ्र्यु हटाइएको छ । कैलालीमा बन्द विद्यालय आजदेखि खुलेका छन् ।