मेडिकल शिक्षा क्षेत्रको सुझारको माग राख्दै आमरण अनसनमा बस्नु भएका डा गोविन्द केसीले आज आमरण अनसन तोड्दै हुनुहुन्छ । अनशन बसेको तेह्रौं दिनमा गएराती डा. केसी र सरकारबीच ११ बुँदे सहमति भएपछि केसीले १४ दिनमा आज आमरण अनसन तोड्न लाग्नु भएको हो ।
आज दिउँसो ३ बजे आमरण अनसन तोडिनेछ ।
सहमतिपत्रमा डा.केसी र सरकारका तर्फबाट मुख्यसचिव सोमलाल सुवेदी तथा योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेलले हस्ताक्षर गर्नु भएको छ । माथेमा प्रतिवेदनको सुझावअनुसार मन्त्रिपरिषद्को पहिलो बैठकबाट चिकित्सा शिक्षा आयोग गठन गर्ने सहमति भएको छ । चिकित्सा शिक्षा नीतिसम्बन्धी गरिएका निर्णयको सहजीकरण र अनुगमन पनि यही आयोगले गर्नेछ ।
एमबीबीएसमा अधिकतम वार्षिक सिट निर्धारण गरिनेछ। यसअन्तर्गत पहिलो वर्ष एक सय ३५, दोस्रो वर्ष एक सय १५ र तेस्रो वर्ष सय सिट संख्या तय गरिएको छ ।