माथेमा आयोगको प्रतिवेदन कार्यान्वयनको माग गर्दै आमरण अनसरत डा गोविन्द केसीको आन्दोलन आज पनि जारी छ । केसीको मागप्रति समर्थन जनाउँदै शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले आज पनि आकस्मिक बाहेकको सेवा ठप्प पारेका छन् ।
माथेमा कार्यदलले दिएको प्रतिवदेनमा उपत्यकामा आगामी १० वर्ष नयाँ मेडिकल कलेज खोल्न नदिन सुझाव दिए पनि सरकारले भने त्यसलाई तोडमोड गरी नयाँ मेडिकल कलेज खोल्न अनुमति दिने तयारी गरेको भन्दै हिजो भएको वार्ता असफल भएको थियो ।
हिजो डा केसीका प्रतिनिधि र सरकारबीच भएको औपचारिक वार्ता भए पनि सफल हुन सकेको थिएन ।