१७ दिन देखिको लगातारको तराई बन्दको कारण जनजिवन अत्यन्त कष्टकर बन्दै गएको छ । संयुक्त लोकतान्त्रीक मधेसी मोर्चा,थारुवान संघर्ष समितिको लगातारको बन्दका कारण पश्चिम तराईका २२ जिल्ला र पुर्वी तराईका अधिकांश जिल्ला बन्दका कारण प्रभावित भएका छन् ।
विभिन्न माग राख्दै थारुहट तथा तराईमा केन्द्रित राजनितिकदलहरुको आन्दोलनले उग्ररुप लिएपछि सरकारले केहि क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरि सुरक्षा संवेदनशीलता बढाएको छ ।
तराईमा जारी आन्दोलनले उग्ररुप लिएपछि सरकारले सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै दंगाग्रस्त क्षेत्र घोषणा गरिएपछि जनजिवन थप कष्टकर बन्दै गएको छ । कैलालीमा भएको हिंसात्मक घटना पछि लागेको कर्फ्यु ९ दिन सम्म जारी छ । टीकापुर र भजनी त्रिशक्तिनगरपालिका, दुर्गौली, धनसिंहपुर, पथरैया, मुनुवा, जोशीपुर, नारायणपुर, बौनिया र थापापुरमा लगाइएको अनिश्चितलकालीन कर्फ्युलाई स्थानीय प्रशासनले निरन्तरता दिएको हो ।
त्यस्तै— पुर्वी तराई विरगञ्ज,रौतहट,जनकपुर,सिराहा,महोत्तरी,गौरलगाएतका क्षेत्रमा हरेक दिन प्रर्दशन तथा झडपहरु भैरहेका छन् । विरगञ्जमा भएको झडपमा हिजो ४ जनाको मृत्युभएपछि त्यहाँको जनजिवन थप प्रभावित भएको छ ।
त्यस्तै लिम्बुवानले गरेको बन्दका कारण पुर्वका ९ जिल्लाको जनजिवन प्रभावित भएको छ । अरुणपुर्वकका सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, संखुवासभा, र तेह्रथुमको जनजिवन प्रभावित भएको छ । आफ्नो छुट्टै राज्यको माग गर्दै गरिएको आन्दोलनका कारण ९ अरुणपुर्वको जनजिवन प्रभावित भएको छ । लगातारको बन्दका कारण विद्यालयहरु ठप्प रहेका छन्,भने दैनिकी ज्यालामा काम गर्ने मजदुरको दैनिकी निकै कष्टकर भएको छ ।