१५ भदौ, वीरगञ्ज । वीरञ्जमा प्रहरीको गोली लागेर मंगलबार मृत्यु हुनेको संख्या तीन पुगेको छ । मधेसी मोर्चाका कार्यकर्ताहरुको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा धर्मराज सिंह, दिनानाथ साह र सोहन साह कलवारको मृत्यु भएको हो ।
धर्मराज सिंह राधेमाई चोकमा घाइते भएका थिए । सोहन साह नगवा चोकमा र दिनानाथ लक्ष्मनावा भन्ने स्थानमा घाइते भएका थिए । उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो ।
गोली लागेर घाइते भएका भोला प्रसाद साहको अवस्था गम्भीर छ । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।
सोमबार पनि वीरगञ्जमा प्रहरीको गोली लागेर दिलिप सिंह चौरसियाको मृत्यु भएको थियो ।
मंगलबार नै बाराको कलैयामा पनि प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ ।
स्रोत : अनलाइन खबर