आर्थीक वर्ष २०७१/०७२ मा राजस्व सङ्कलनको वार्षिक लक्ष्य निर्धारणमा गत वर्षको सोही अवधिको तुलनामा १३.७३ प्रतिशतले वृद्धि भएको छ । अर्थमन्त्रालयद्धारा जारी विज्ञप्तीमा आर्थिक वर्ष २०७१÷७२ मा राजस्व सङ्कलनमा प्रगति हासिल गरेको उल्लेख गरेको छ । आर्थिक वर्ष २०७१/७२ का लागि ४ खर्ब २२ अर्ब ९० करोड राजस्व सङ्कलनको वार्षिक लक्ष्य निर्धारण गरिएकामा ४ खर्ब पाँच अर्ब ८४ लाख राजस्व सङ्कलन गरेको छ । कुल राजस्व सङ्कलनमध्ये कर राजस्वबापत ३ खर्ब ५५ अर्ब ९४ करोड २९ लाख र गैरकर राजस्वतर्फ ४९ अर्ब ९० करोड ३५ लाख सङ्कलन भएको जनाइएको छ ।
आर्थिक वर्ष २०७१/०७२ मा मुख्य शीर्षकको वार्षिक राजस्व अवस्थामा मूल्य अभिवृद्धि करको योगदान २७.६९ प्रतिशत, भन्सार महसुलको योगदान १८.४० प्रतिशत, आयरको योगदान २१.८० प्रतिशत तथा अन्तःशुल्कको अंश १३.१९ प्रतिशत र गैरकर राजस्वको अंश १२.३० प्रतिशत रहेको छ ।
सोही आव २०७१/७२ मा भन्सार महसुल रु ८० अर्ब ६६ करोड ९२ लाख सङ्कलन भएकामा सोही आवमा रु ७४ अर्ब ६७ करोड १० लाख सङ्कलन भई १० प्रतिशतको वृद्धिदर कायम भएको छ । त्यस्तै आव २०७१÷७२ मा मूल्य अभिवृद्धि कर रु १२१ अर्ब ७३ करोड सात लाख सङ्कलन भएकामा सोही आवमा रु एक खर्ब १२ अर्ब ३७ करोड ७३ लाख सङ्कलन भई १२.३० प्रतिशतको वृद्धिदर कायम भएको छ । विज्ञप्तीमा अर्थमन्त्री डा.रामशरण महतले मूल्य अभिवृद्धिकरतर्फ बिलिङलाई प्रभावकारी बनाउन, इलेक्ट्रोनिक क्यास मेसिनको कार्यान्वयन गर्न र भन्सार मूल्याङ्कनमा सुधार गरी करदाता शिक्षामा जोड दिन सम्बन्धीत निकायका प्रमुखहरुलाई निर्देशन दिएको उल्लेख छ ।