नयाँ संविधानको मस्यौदामा आफ्ना सवालहरु नसमेटिएको भन्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
मुलुकमा लोकतन्त्र,गणतन्त्र स्थापनाका लागि मजदुरहरुले ठुलो योगदान दिएको स्मरण गराउँदै केन्द्रले विगतमा मजदुरहरुको हक अधिकार स्थापित गराउन भएका सहमतिलाई राज्यले पुर्णरुपमा कार्यान्वयन नगरेको भन्दै आफुहरुको ध्यानाकर्षण भएको जनाएको हो ।
केन्द्रमा आवद्ध १२ मजदुरसंघ संगठनद्धारा संयुक्तरुपमा जारी विज्ञप्तीमा नयाँ संविधानमा श्रमिकका आधारभुत अघिकार र प्रतिनितित्वको अधिकार संविधानको परिमार्जित मस्यौदामा नसमेटिएको प्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख छ ।
केन्द्रले सबै निर्वाचित निकाय प्रतिनिधिसभा,राष्ट्रिय सभा,प्रादेशिक व्यवस्थापिका र स्थानिय निकायमा श्रमिक वर्गको प्रतिनिधित्वको व्यवस्था गर्न,अन्तरिम संविधान २०६३ मा उल्लेख भएको संवैधा िनक राष्ट्रिय श्रम आयोगको व्यवस्थागर्न लगाएतका पाँच बुदे माग राख्दै नयाँ संविधानमा अविलम्ब समावेश गर्न माग गरेको छ ।