रामकुमार श्रेष्ठ
९ भदौ, नवलपरासी । आन्दोलनकारीले निषेधाज्ञा तोड्न खोजेपछि नवलपरासीको परासीमा गोली चलेको छ । प्रर्दशनकारीले भूमही-भैरहवा वाइपास रोडको बाल गोविन्द पेट्रोल पम्पबाट निषेधाज्ञा तोड्न खोज्दा प्रहरीसँग झडप भएको हो ।
झडपको क्रममा प्रहरीले गोली चलाएको हो । गोली लागेर दुई जना घाइते भएका छन् । प्रहरीले चलाएको गोली लागेर नवलपरासीको सनई -९ का ५० वर्षका बिहड धोबी र रामग्राम-५ का ४५ वर्षकी मुना जयसवाल घाइते भएका छन् । भैरहवामा उपचारतर दुवैको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
प्रहरीले निषेधाज्ञा नतोड्न आग्रह गर्दा नमानेकाले झडप भएको र अश्रुग्यास, हवाइफायर गर्दा पनि नभएपनि गोली चलाउनु परेको सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुंगानाले बताए ।
स्रोत : अनलाइन खबर