कालीकोट
साउन २३ , नेपालको संबिधान २०७२ को प्रारम्भिक मस्यौदामा सुझाव संकलन गर्न आएका सभाषदहरुको टोलिलाई संघियराज्यमा कर्णाली क्षेत्र बिषेश क्षेतिपुर्ति सहितको स्वायत्त कर्णाली प्रदेस हुनु पर्ने र त्यसको राज्य सुर्खेत वा कर्णालीमै हुनु पर्ने माग राखेका कर्णाली बासिहरुको सुझाव बिपरित सेतिमहाकाली सहितको कणार्ली र भेरिका केही जिल्लाहरु सहितको कर्णाली खप्तड प्रदेस बनाउने सहमति भएको भनि मिडिया बाजिभए पछि कर्णाली बासि पनि फेरि आन्दोलनको तयारीमा जुटेका हुन । सुरु देखी नै अखण्ड सुदरपश्चिमको पक्षमा रहेका सदुरपश्चिमेलि संग डराएर कर्णालीलाई फेरि बिगतकै केन्द्रिय सत्ताको जस्तेै उत्पिडनमा राख्ने गरि संघिय प्रान्त बनाउन खोजेको भन्दै कर्णालीका बुद्धिजिबि आक्रोसित भएका छन । कर्णालीलाई छुट्टै प्रदेश नबाएको मा कर्णालकिा बुद्धिजिबिहरु पनि कसैले फेसबुक आन्दोलन सुरु गरेका छन भने कसैले फोन मार्फत आफ्नो तह र तप्काबाट आन्दोलनको सृष्टि गर्न निर्देशन दिएको बुझिएको छ । सोही सिलसिलामा कालिकोटमा चोक चोक तथा सार्वजनिक स्थलमा बहस र छलफल हुन थालेको छ । कैलाली, कन्चनपुर सहितको सुदुरपश्चिम संग कर्णाली जोडेर प्रान्त बनाउदा कर्णाली बिगतकै उत्पिडनबाट माथि उक्सन नसक्ने कर्णालीका बुद्धिजिबिहरुको भनाई छ । कालिकोट उद्ययोग बाणिज्य संघ लगाएतका संघस.स्थाहरुले पनि आन्दोलनको तयारी गरि रहेको कालिकोट उद्ययोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष भानुभतm बरालले बताएका छन । यदी चादलका सृस नोतहरुले ल्याएको ६ प्रदेशको नामाङकनको निर्णय नसच्याए कर्णालीमा परिवर्तित कानुन र त्यसका साईनबोर्ड टास्न नदिने कर्णालबिासिहरुले बताएका छन । –