काठमाडाैं ।
नेकपा (एमाले)को स्थायी कमिटी र माओवादी केन्द्रीय कार्यलय बैठकले दुई पार्टी बिच एकता गर्ने सहमतिलाई अनुमोदन गरेको छ । बिहीबार बिहान एकता संयोजन समितिको बैठकले बाँकी रहेका सामान्य विषय मिलाएर दिउँसो एकता घोषणा गर्ने दुवै दलले तयारी गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहान भएको वार्तामा विवादित विषय टुंगो लागेको थियो । त्यसपछि दुवै दलले बैठक बोलाएर दुई नेताबीचको सहमति अनुमोदन गरेका छन् ।
नेकपा एमालेका सचिव योगेश भट्टराईका अनुसार बिहीबार हुने एकतापछि नयाँ बन्ने पार्टीको केन्द्रीय कमिटीको संख्या ४४१ हुने, ४३ सदस्यीय स्थायी कमिटी र चुनाव चिन्ह सूर्य हुनेछ ।
२४१ एमाले र २ सय माओवादीका केन्द्रीय कमिटीमा रहनेछन् । स्थायी कमिटीको बैठकले दुई अध्यक्षबीच भएको निर्णयलाई स्वागत गरेको भट्टराईले जानकारी दिए ।
माओवादी नेता जनार्दन शर्माले मओवादी केन्द्रकाको केन्द्रीय कार्यलय बैठकले एकले अर्काको सकरात्मक काम सिक्दै जाने र एक अर्कामा रहेका कमजोरी हटाउँदै जाने प्रतिबद्धता एको बताएका छन । एकताको ऐतिहासिक कार्यभार अगाडि बढान सकिएको र यसले नेपालमा राजनीतिक स्थिरता, समृद्धि र विकासमा मघछ पुर्राउने माओवादी वैठकको बुझाई छ ।
ओली र दाहालबीच एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय बनाउने सहमति भएको छ। चुनाव चिन्ह भने एमालेले प्रयोग गर्दै आएको सूर्य नै हुनेछ। आगामी महाधिवेशनसम्म दुवै अध्यक्षले सामूहिक नेतृत्व गर्नेछन्।
आजको कार्यसूचि
विहान ८ बजे मदन स्मृती दिवस मनाउने
१० बजे पार्टी एकता संयोजन समितिको बैठक बस्ने
११ बजे एमालेको केन्द्रीय समितिको बैठक बस्ने
१ बजे माओवादी केन्द्रीय कार्यलय बैठक बस्ने
३ बजे सकेसम्म एकीकृत पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने
४ बजे पत्रकार सम्मेलन गरेर एकताको घोषणा गर्ने