बर्दिया २५ फागुन
बर्दिया ..अहिलेको अवस्थामा नेपाली जनताले प्राप्त गरेका अधिकार संस्थागत गर्नका लागि शान्तिपूर्ण वातावरणको खाँचो भएको भन्दै नेकपाका एक कार्यकर्ताले पार्टी परित्याग गर्नुभएको छ । युद्ध र शंकट कालले थिलथिलो भएको देशलाई अब शान्तिपूर्ण राजनीतिले मल्हम लगाउन र विकास गर्न जरुरी भएको भन्दै गुुलरिया –२, बर्दियाका नपाल कम्युनिष्ट पार्टी (विप्लव) समर्थक कार्यकर्ता पूर्णवहादुर महतारा ‘विचार’ले प्रेस विज्ञप्ती जारी गरी पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो ।‘देशको आर्थिक समृद्धि, सुशासन र शान्ति तथा स्थायित्वका लागि नेपाली जनताको एकताको खाँचो छ । त्यसैले यही कुरालाई सम्झिदै मैले आजकै मितिदेखि नेकपा (विप्लव) समूहको साधारण सदस्य नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेको छु ।’ महताराले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।महताराले विप्लव समूह परित्याग गरी आउँदा दिनहरुमा स्वतन्त्र रुपमा जीवन जिउने वाचा र प्रतिवद्धता सहित आफूले प्रेस विज्ञप्ती जारी गरेको अवगत गराउनु भएको छ । विगत लामो समयदेखि जनयुद्धमा सहभागी भएर अहिलेसम्म राजनीतिक आन्दोलनमा समाहित हुँदै आएको र पार्टी विभाजनको क्रममा राजनीतिक विचारधाराको हिसावले नेकपा माओवादी (विप्लव) समूहलाई सामान्य समर्थन रहेको विज्ञप्तीमा उल्लेख छ ।