बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय परिसर ठाकुरद्धारामा करिब ८ सय जनालाई निशुल्क औषधी सहितको बिशेषज्ञ स्वास्थ्य सेवा दिईएको छ । सोमबार आयोजित एक दिने निशुल्क बिशेषज्ञ स्वास्थ्य शिविरमा स्त्री रोग, बाल रोग, हाडजोर्नी लगायतका समस्या लिएर पुगेका सर्वसाधारण संख्यात्मक रुपमा बढी देखिएका छन ।
बरिष्ठ फिजिसिएन पेट, कलेजो रोग विशेषज्ञ डाक्टर संकेत रिसालले आफुले चेकजाँचका क्रममा दम, बाथ, पेटका बिरामी बढी भेटाएको जानकारी दिनुभयो ।
मित्र कुञ्ज नेपालगंज शाखाका सचिव समेत रहनुभएका उहाँले धेरै जेष्ठ नागरिकहरुले आफनो स्वास्थ्य चेकजाँच गराएको र समस्या देखिएकालाई आफुहरुले उपचार प्रक्रिया बारेमा थप सल्लाह दिएको बताउनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्ज र चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाको स्थापना दिवसका अवसरमा संञ्चालन गरिएको शिविरबाट ९ प्रकारको बिशेषज्ञ सेवाहरु दिएको छ ।
बाल रोग, हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाँटी रोग, स्त्री रोग, जनरल फिजिसियन, छाला रोग, आँखा सम्बन्धी रोग, मुत्र रोग, प्लाष्टिक सर्जरी, जनरल सर्जरी जसमा समेटिएको थियो ।
बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र अन्र्तगत रहेका आम सर्वसाधारणलाई लक्षित गरी यो स्वास्थ्य शिविर संञ्चालन गरिएको पूर्व संरक्षण अधिकृत एवं उज्यालो नेपाल बर्दियाका अध्यक्ष रमेश कुमार थापाले बताउनुभयो ।
एक दिने निशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर संञ्चालनका लागी मित्र कुञ्ज नेपालगंज शाखा, बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय, शिव दल गण ठाकुरद्धारा ब्यारेक, मध्यवर्ति क्षेत्र ब्यवस्थापन समिति, राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दिया संरक्षण कार्यक्रम, चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान बर्दिया, पानस फर्मास्युटिकल्स नेपालगंज, उज्यालो नेपाल बर्दिया, थारु महिला उत्थान केन्द्र बर्दिया, बर्दिया टाईगर रिसोर्ट प्रा.ली. ठाकुरद्धारा बर्दियाले समन्वय सहकार्य गरेका हुन ।
उपचार सेवा दिनका लागी मित्र कुञ्जका अध्यक्ष एवं नाक, कान , घाँटी रोग विशेषज्ञ डाक्टर रमेश श्रेष्ठ, सचिव एंव पेट, छाती रोग विशेषज्ञ तथा फिजिसियन डाक्टर संकेत रिसाल, स्त्री रोग विशेषज्ञ डाक्टर उर्मिला रिसाल र डाक्टर कुमार सांन, सर्जरी विशेषज्ञ डाक्टर रुपानन्द अधिकारी, डाक्टर विनोद कर्ण, डाक्टर दिनेश श्रेष्ठ, डाक्टर प्रमोद शर्मा, अर्का नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश चौधरी, आँखा रोग विशेषज्ञ डाक्टर सतीश दाहाल, बाल रोग विशेषज्ञ डाक्टर पिताम्बर सुबेदी, र विजय प्रधान, यौन तथा छाला रोग विशेषज्ञ डाक्टर आर. के. झा, हड्डी तथा नशा रोग विशेषज्ञ डाक्टर अनुप शर्मा, प्रमोद जोशी पुग्नुभएको थियो ।
उहाँहरु भेरी प्रादेशिक अस्पताल नेपालगञ्ज, नेपालगंज मेडिकल कलेज र सेती अस्पताल धनगढीमा कार्यरत हुनुहुन्छ । एक दिने निशुल्क बिशेषज्ञ स्वास्थ्य शिविरमा बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत अशोक कुमार भण्डारी, शिवदल गणका गणपति चन्द्र कान्त चापागाई, चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष एंव ठाकुरद्धारा वडा नम्बर ९ का वडा सदस्य हेमन्त आचार्य, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका प्रमुख श्याम थापा लगायतका ब्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
सोही क्षेत्रमा २ बर्ष अघि मेगा हेल्थ क्याम्पको आयोजना गरिएको थियो । त्यतिबेला करिब ३ हजार जना स्थानियहरुले दैलोमै बिशेषज्ञ स्वास्थ्य सेवा पाएका थिए । त्यस्तै खाले यो दोस्रो शिविर हो । -प्रेम विश्वकर्मा, ठाकुरद्धारा बर्दिया
-भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।
https://www.youtube.com/watch?v=lnkjoIrVQqY&feature=youtu.be