काठमाडाैं । ७ बैशाख (एजेन्सी ) – मानिसहरुले फरमल लुगा लगाउनु पर्ने हुनाले जुत्ता लगाउनुपर्ने हुन्छ । खुट्टाको दुर्गन्धले मानिसलाई समस्यामा पार्ने गर्दछ । अझ नियमित सफाइ भएन भने त त्यो समस्या अझै बढ्छ ।
हाम्रो शरीरमा २ प्रकारका पसिना ग्रन्थिहरू हुन्छन्ः एपोक्राइन ग्रन्थि (Apocrine Glands) र एक्राइन ग्रन्थि (Eccrine Glands)। एपोक्राइन ग्रन्थिहरू कपाल अथवा रौँहरू भएको ठाउँमा हुन्छन्, जस्तै; टाउको, काखि, गुप्ताङ्ग। तर, यस्ता ठाउँहरूबाट निस्कने पसिना (पहेँलो रङ्गको बाकुलो तरल पदार्थ) हाम्रो दिमागमा भएको तनावको कारणले निस्कने गर्दछ। जब त्यो पसिनालाई हाम्रो शरीरमा भएका ब्याक्टेरियाहरूले पचाउँदछ, तब शरीरबाट दुर्गन्ध निस्कने गर्दछ।
एक्राइन ग्रन्थिहरू हाम्रो शरीरका सबै भागहरूमा हुने गर्दछन्। जब हाम्रो शरीरको तापक्रम बढ्दछ, तब शरीरलाई चिसो बनाउनको लागि एक्राइन ग्रन्थिहरूबाट पसिना निस्कने गर्दछ। यी ग्रन्थिहरूबाट निस्कने पसिनामा पानी र नुन मात्रै हुने गर्दछ, त्यसैले यसबाट कुनै किसिमको गन्ध आउँदैन। माथि नै उल्लेख गरेअनुसार, हाम्रो शरीरमा दुर्गन्ध ल्याउने भनेको पसिनाले नभएर, छालामा भएका ब्याक्टेरियाहरूले हो।
‘स्टेफिलोकोकस एपिडर्माइडिस’ (Staphylococcus epodermidis) र ‘ब्यासिलस सब्टाइलिस’ (Bacillus subtilis) नामक दुई ब्याक्टेरियाहरू हाम्रो खुट्टाको छालामा बस्ने गर्दछन्। यी ब्याक्टेरियाहरूलाई न्यानो र ओशिलो ठाउँ मनपर्दछ, जुन वातावरण हामीले मोजा लगाउँदा पैदा हुन्छ। यिनीहरूले हाम्रो खुट्टाको एक्राइन ग्रन्थिबाट निस्केको पसिनामा पाइने ‘एमिनो एसिड’ र ‘ल्युसाइन’ रसायनिक पदार्थ खान्छन्। यी ब्याक्टेरियाहरूले ल्युसाइन खाएपछि, ‘आइसोभ्यालेरिक एसिड’ (Isovaleric Acid) नामक ग्याँसपदार्थ विसर्जन गर्ने गर्दछन्। यही ग्याँसले गर्दा नै हाम्रो खुट्टाबाट नराम्रो गन्ध आउने गर्दछ।
तर, ब्यासिलस सब्टाइलिस ब्याक्टेरियाले भने पसिना खाँदैन, यसले हाम्रो पाइतालाको नरम छालालाई खाने गर्दछ, र पछि सल्फर ग्याँस विसर्जन गर्दछ, जसले एकदमै नराम्रो दुर्गन्ध निकाल्दछ।
खुट्टाकाे दुर्गन्धलाई हटाउने उपायहरु
अदुवाः अदुवालाई पिँधेर त्यसको रस निकाल्ने त्यसपछि अदुवाको रसमा कपास भिजाइ त्यसलाई राति सुत्नुभन्दा अघि पाइतालामा दलेर रातभर छाड्ने । बिहान राम्रोसँग खुट्टा धुने र अन्य समयमा पनि खुट्टाको सरसफाइमा ध्यान दिने हो भने खुट्टामा हुने दुर्गन्धबाट मुक्ति पाउन सकिन्छ ।।
नुनपानी :
युनिभर्सिटी अफ पेन्सलभेनियाका पादविशेषज्ञ ‘अल डि’एन्जेलान्टोनियो’ले भने , “नुनले छालाबाट सुक्खापना हटाउँदछ, जसले गर्दा त्यहाँ ब्याक्टेरिया बाँच्न सक्ने सम्भावनालाई कम गराउँदछ।” जसको लागि एउटा भाँडामा मनतातो पानी र त्यसमा २ चम्चा नुनपानीको मिश्रणमा खुट्टालाई २० मिनेटसम्म भिजाउनुहोस्, १ हप्तासम्म यस्तो गरेमा तपाईँको खुट्टाबाट दुर्गन्ध आउन छाड्नेछ।
भिनेगरको मिश्रण
ब्याक्टेरियालाई पुर्णरूपमै सखाप बनाउन खुट्टालाई भिनेगरले धुने। यसले ब्याक्टेरियामा भोकमरी फैलाउने काम गर्दछ। एउटा भाँडामा मनतातो पानी र त्यसमा पानीको आधा भागजति भिनेगर मिश्रणमा ३० मिनेटसम्म आफ्नो खुट्टा डुबाउनुहोस् र यो १ हप्तासम्म गर्नुभयो भने खुट्टाबाट दुर्गन्ध हट्नेछ।
चिया
कालो चियामा हुने रसायनले हाम्रो पाइतालामा हुने साना साना प्वालहरूलाई टाल्ने काम गर्दछ, जसले गर्दा त्यहाँ ब्याक्टेरियाहरू बस्न पाउँदैनन्। यसले प्राकृतिक एन्टिबायोटिकको काम पनि गर्दछ। यसको लागि, १ कप पानीमा २ चम्चा कालो चिया राख्नुहोस् र १० मिनेटसम्म उमाल्नुहोस्। त्यस चियालाई मनतातो गराउनको लागि थोरै चिसो पानी मिसाउनुहोस् र त्यसले खुट्टा धुनुहोस्।
सहि जुत्ता नाइलनबाट बनेको जुत्ताले खुट्टालाई ओसिलो बनाइराख्छ, जसले गर्दा ब्याक्टेरियाहरू आकर्षित हुन्छन् र दुर्गन्ध आउने गर्दछ। तर ऊनी अथवा अन्य कपडाबाट बनेको जुत्ताले खुट्टामा हावालाई आवतजावत गराउँदछ, जसले गर्दा खुट्टालाई सुक्खा राखिराख्दछ। जसले दुर्गन्ध हटाउन सहयाेग गर्दछ ।