५ औं नयनराज स्मृति दिवसमा रक्तदान कार्यक्रम, अंजनी माता रसोईलाई पुरस्कार

नेपालगन्ज : ५ औं नयनराज स्मृति दिवसको उपलक्ष्यमा दमयन्ती फाउन्डेसनको आयोजनामा शुक्रबार नेपालगन्ज रक्तसञ्चारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

चेन्ज टिमका अध्यक्ष तथा रिकभरिङ नेपाल लुम्बिनी प्रदेशका फोकल पर्सन प्रविण बिसीले रक्तदान गरि उक्त रक्तदान कार्यक्रमको सुरुवात गरेका थिए ।

दमयन्ती फाउन्डेसनले स्वर्गीय नयनराज रावलको स्मृति दिवस मनाउदै रक्तदान कार्यक्रमको आयोजना गरेको दमयन्ती फाउन्डेसनका अध्यक्ष इन्द्रा कुमारी जिसिले बताउनु भयो । कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको थियो ।

त्यस्तै ५ औं नयनराज स्मृति दिवसको अवसरमा ५ औं नयनराज स्मृति पुरस्कार यस बर्ष नेपालगन्ज भेरी अस्पताल परिसरमा रहेको अंजनी माता रसोईलाई प्रदान गरिएको थियो ।

कोरोना संक्रमणको समयमा अस्पतालमा बिरामी कुरुवा देखि बिपन्न बर्गलाई १० रुपैयाँमा खाना खुवाउदै आएको अंजनी माता रसोईलाई यस बर्षको नयन राज रावल स्मृति पुरस्कारबाट सम्मान गरिएको हो ।

दमयन्ती फाउन्डेसनले भेरी अस्पताल परिसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि १० हजार एक रुपैयाँ नगद राशी सहित अंजनी माता रसोईलाई पुरस्कार प्रदान गरेको छ ।

दमयन्ती फाउन्डेसनका अध्यक्ष इन्द्रा कुमारी जिसी र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले संयुक्त रुपमा अंजनी माता रसोईका संयोजक जितेन्द्र सिंह ठाकुरलाई उक्त पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा भेरी अस्पताल नेपालगन्जका मेसु प्रकाश थापा, सामुदायिक प्रहरी सेवाका दिपेन्द्र कुमार जोशी, चेन्ज टिम बाँकेका अध्यक्ष प्रविण बिसी, डाक्टर संकेत रिसाल, नव किरण पुनःस्थापना केन्द्रका अध्यक्ष उत्तम खरेल, प्रेरणा पुनस्थापना केन्द्रका का.प्रमुख रमेश काजी महर्जन, सामना पुनःस्थापना केन्द्रका आगमन सिंह ठकुरी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया