१२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

नेपालगन्ज : नेपालगन्जमा आजदेखि १२ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ ।

नेपालगन्जस्थित एम पी स्कुल मैदानमा संचालन भईरहेको उक्त प्रतियोगिताको बिहिबार प्रदेश सभा सदस्य एवँ ओलम्पियन सुरेन्द्र हमालले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै हमालले बिद्यालय स्तरका खेलहरु बाट नै राष्ट्रिय खेलाडीहरुको उत्पादन हुने बताउनुभयो । उहाले खेलकुद क्षेत्र राज्यको प्राथमिकतामा नपरेको उल्लेख गर्दै आफुले प्रदेशसभामा यसबारे आवाज उठाई रहेको जीकिर गर्नुभयो । त्यस्तै मध्यपश्चिम खेलकुद विकास समिति नेपालगन्जका पुर्ब अध्यक्ष भीम ओलीले खेलाडीहरुले देशलाई अन्तरराष्ट्रिय जगतमा पहिचान दिलाउन सफल भएकोले राज्यले यस क्षेत्रलाई उचित ध्यान दिनु पर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवको अध्यक्षतामा संचालन भएको उदघाटन सत्रमा आयोजक जिल्ला खेलकुद बिकास समिति बाँकेका प्रमुख सन्तोष श्रेष्ठले स्वागत गर्नुभएको थियो । प्रतियोगितामा ४१ वटा बिद्यालयको सहभागिता रहेको छ । शनिबारसम्म संचालन हुने प्रतियोगितामा उसु, कराते, तेक्वान्दो, कपर्दी, भलिबल र एथ्लेटिक्स खेल समावेश छन ।

यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुले आगामी बैशाख १० गतेदेखि दाङमा संचालन हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया