सचेत रहौ अनि मनोबल उच्च बनाऊँ , ” समाचार सुन्दैमा डराउनु र आत्तिनु पर्दैन । “

– नर प्रसाद जैसी

कोभिड- १९  अर्थात कोरोना भाइरसको दोर्सो लहर फैलिए संगै कोरोना भन्ने बित्तिकै यो घातक रोग हो, यो लाग्ने बित्तिकै मरिन्छ भन्ने भ्रम अहिले व्यापक रूपमा चलिरहेको छ।  हरेक कुराहरुको नकारात्मक र सकारात्मक दुईटा पक्ष हुन्छन्। वर्तमान परिपेक्षमा नकारात्मक पक्षतिर सबैको नजर बढ्दो क्रममा छ । जसले गर्दा कोरोना संक्रमित व्यक्तिको मनोबल घट्ने र झन समस्या बल्झिने हुन्छ।  आम मानिसमा कति जनाको मृत्यु भयो कति संक्रमित भए भन्दा पनि कति सन्चो भए के गरे निको भइदो रैछ भन्ने तिर बढी नजर गए राम्रो हुन्थ्यो र यसै गरिदिन मेरो अनुरोध पनि छ।

अहिले पनि नेपालमा कोरोना भाइरसको तथ्याङ्क हेर्ने हो भने लगभग ८४% संक्रमितलाई घरमै बसेर निको भएको छ, १५% संक्रमितलाई अस्पताल को सेवा सुबिधा आवश्यकता परेको छ ,  ५% संक्रमितलाई मात्र जटिल भएर  उपचारका लागि  ICU को आवश्यकता परेको छ र करिब-करिब १% को मात्र मृत्यु भएको छ। त्यसैले समाचार हेरेर,सुनेर आत्तिनु र डराउनु पर्दैन । मनोबल उच्च बनाऊँ,  हिम्मत नहारौ , सरसफाईमा ध्यान दिऊ, भिडभाड नगरौ । संक्रमित व्यक्तिले पनि सकारात्मक सोचौ ।

डाक्टरको अनुरोध बिना कसैले भनेको र सुनेकोे भरमा औषधि पनि सेवन नगरौ किनकी व्यक्ति अनुसार हरेक व्यक्ति लाई फरक फरक समस्या हुन सक्छ। यस्ता कुरामा ध्यान दिएनौ भने समस्या नआउला भन्न सकिदैन तर ध्यान दिएर सजग रहयौ भने पक्कै पनि सफल हुन्छौ। सुरक्षित रहनुहोस् , सुखि रहनुहोस् …. सबै लाई स्वास्थ्य लाभको कामना..

प्रतिक्रिया