वडा अध्यक्ष बेहना र वडा सदस्य शाहीको अथक प्रयास पछि दस शय्याको आइसोलेसन तयार ।

नेपालगन्ज -नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ मा १० शय्या अक्सिजन सहितको आइसोलेशन सेन्टर संचालनमा आएको छ ।

गणेशपुरस्थित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको भवनमा तयार भएको अक्सिजन सहित १० शय्याको आइसोलेशन सेन्टरको नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणाले उद्घाटन गरेसंगै संचालनमा आएको हो ।

जिल्लामा कोरोना संक्रमितहरु बढ्दै जाँदा उपचार व्यवस्थापनमा अभाव देखिएपछि नेपालगञ्ज वडा नं ४ का वडा अध्यक्ष सफिक बेहना र सदस्य इन्द्रिरा शाहिको अथक प्रयासले आफ्नो वडामा आइसोलेशन सेन्टर निर्माण गरेको इन्द्रिरा शाही बताउनु हुन्छ ।

वडा नं ४ का वडा अध्यक्ष सफिक बेहनाको नेतृत्वमा बढ्दो कोरोना संक्रमितहरुको उपचारका लागि अक्सिजन सहितको आइसोलेशन निर्माण गरिएको जनाइएको छ । आइसोलेशन सेन्टर संचालनका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ ।

नेपालगञ्जमा यसअघि उपमहानगरपालिकाले रामलीला मैदानस्थित तालिम केन्द्रको भवनमा १० शैय्यासहितको आइशोलेसन सेन्टर संचालनमा ल्याईसकेको छ भने नेपालगञ्ज वडा नं २० स्थित ह्वाईट हाउसमा समेत आइसोलेशन सेन्टर संचालनमा ल्याएको छ ।

संकट टार्न सुरक्षीत रहन जनतमा सजक सचेतना जोगाउन वडा सदस्य इन्द्रिरा शाहि लागि परेको देखिन्छ ।
आफू बाट हुन सक्ने सहयोग र वडामा त्यस्तो समस्या आउन नदिन यो उपाय थालनी गरेको सदस्य शाहिको भनाइ रहेको छ ।

प्रतिक्रिया