लकडाउनको समयमा विद्यार्थीहरुलाई भयरहित वातावरणमा परीक्षा दिन पाउनु पर्ने भन्दै अनेरास्ववियुले बुझायो ज्ञापनपत्र

नेपालगञ्ज –  अनेरास्ववियु बाँकेले बिद्यार्थीहरुलाइ कुनै पनि प्रकारको समस्या पर्न नदिन स्वास्थ्य मापदण्ड र उच्च सतर्कता अपनाइ उचित व्यवस्थापन  गरि परीक्षा सञ्चालन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र  पेश गरेको छ ।

अनेरास्वयू  बाँकेका अध्यक्ष टेकेन्द्र मल्ल नेतृत्वको टोलीले बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई ज्ञापनपत्र बुझाउँदै परीक्षा सञ्चालन गर्दा कोभिडको उच्च सतर्कता र मापदण्ड पुरा भए नभएको आवश्यक अनुगमन गर्न समेत माग गरेको छ ।

हाल त्रिभुवन बिश्वबिद्धालय स्नातक दोस्रो बर्षको परीक्षा पनि नियमित संचालन भइरहेको हुदा विद्यार्थीलाई प्रत्यक्ष मनोबैज्ञानिक 
रुपमा नकारात्मक प्रभाव परेको बताउँदै अखिलले प्राविधिक शिक्षा पठनपाठन गराउने  शिक्षालयहरुले विद्यार्थीहरुको कबुलियतनामा गरि पठनपाठन सन्चालन गरेको जानकारी आएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

प्रतिक्रिया