लकडाउनको फाइदा लिदै व्यापारीले बढाए तरकारीको मुल्य नियमन गर्ने निकाय मौन

नेपालगन्ज : आज राति मध्यरात देखि नेपालगन्ज उपमहानगरपालिका वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । यही मौका छोपेर तरकारी पसलेहरुले तरकारी आउन पाएन, महंगोमा खरिद गरेको हो भनेर भाउ बढाएको पाइयो ।

हिजो अस्तिसम्म सस्तोमा खरिद गरेको तरकारी आज एक्कासि बढेको देखेर ग्राहकहरु अचम्मित भएका छन् । लकडाउ भन्ने बित्तिकै व्यापारीहरुलाई मालामाल, गरिब किसान र किनेर खान पर्ने हरुलाई सधै मर्कामा परेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

हिजोसम्म कागती किलोको १८० सम्ममा पाइने आज ३०० रुपैयाँ किलो, परबल हिजो १०० रुपैयाँ किलोमा पाइने आज १३० रुपैयाँ किलो, आलु ५ किलोको हिजो १३० रुपैयाँ पर्ने आज २०० रुपैयाँमा बिक्री गरेको पाइयो ।

यो त तरकारीको मात्र हो त्यस्तै गरि खाद्यान्नमा पनि व्यापारीले भाउ बढाएको स्थानीयको गुनासो छ यसमा सम्बन्धित निकायको ध्यान जाओस् ।

प्रतिक्रिया