राप्रपा नगर महिला संगठन नेपालगन्ज ११नम्बर वडामा महिला कमिटीको अध्यक्षमा गीता मौरीय चयन ।

बिक्रम सिंह नेपालगन्ज
आज राष्ट्रिय प्रजतान्त्रिक महिला संगठन बाँकेको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका नगरको वडा कमिटी पुर्णन रुपले गठन गरिएको छ।

नगर अध्यक्ष आशा बिष्टको नेतृत्वमा वडा नम्बर ११मा ९ जनाको समिति महिला चयन गरिएको हो।

नेपालगन्ज उपमहानगर नगरपालिका २ कि जननिर्वाचित
वडा सदस्य तथा महिला संगठनका बाँकेकी नगर अध्यक्ष आशा बिष्ट नेतृत्वमा आयोजना गरिएको थियोे ।

महिला संगठनकी नगर अध्यक्ष आशा बिष्टले पाएको जिम्मेवारी पुर्णरुपमा पूरा गरि पार्टी प्रति आसा र भरोसा कायम राख्दै अहिले अफ्नो नगरको नेतृत्वमा बाँकेको वडा वडामा महिला संगठन निर्माण प्रक्रियालाइ अगाडी सारेका छन।

पार्टीका केन्द्रिय सदस्य ओमप्रकाश अजाद,कार्य सम्पादन समितिका सदस्य पबित्र सुब्बा ,ट्रेड युनियनकी उप अध्यक्ष मिना श्रेष्ठ शिक्षा परिषदकी कृष्ण देवी पाण्डे , निर्वाचित ११. वडा सदस्य माया कनौजीया ८न निर्वाचित सदस्य निर्मला धोबी ,रुबि लखेर लगाएत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया