‘युवा संघले बाँकेमा संचालन गरेको एम्बुलेन्सले ११३ लाई सेवादियो’- प्रदेश अध्यक्ष थापा

नेपालगन्ज : युवा संघले नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले बाँकेमा संचालन गरेको निशुल्क एम्बुलेन्स सेवाबाट हालसम्म ११३ जनाले लाभ लिएका छन् ।

युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामिको लागी लक्ष्यित गरि संचालन गरेको निशुल्क एम्बुलेन्सबाट ११३ जनाले लाभ लिएका हुन् ।

युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थपाले सोमबार सो को जानकारी गराउदै हालका दिनमा जिल्लामा कोरोना संक्रमण नियन्त्रणमा रहेकाले हाललाई उक्त निशुल्क एम्बुलेन्स सेवा स्थगन गरिएको बताएका छन् ।

त्यस्तै अध्यक्ष थापाले युवा संघ सदैब देश र जनताको सेवाको लागि कार्य गर्दै आएको र महामारीको समयमा पनि युवा संघले केही अ केही गर्दै आएको छ र आगामी दिनमा समेत त्यस्ता कार्यलाई निरन्तरता दिने बताएका छन् ।

उता युवा संघ बाँकेका सचिव सुनिल रसाइलीले समाजिक संजालमा उक्त कुराको जानकारी गराउदै लेखेका छन् , युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले बैशाख २८ गते बाट संचालित निशुल्क एम्बुलेन्स सेवाबाट आजको दिन सम्म ११३ जना कोरोना संक्रमीत बिरामीको उपचारमा सहयोग गरेको जानकारी गराउदछौ । बाँके लगायत सबै जिल्लामा हालका दिनमा कोरोना संक्रमण नियन्त्रणमा आएको कुरालाई मध्य नजर गर्दै आजबाट निशुल्क एम्बुलेन्स सेवा बन्द गरेको जानकारी गराउदै यस सेवामा सहयोग गर्ने सम्पुर्ण आदरणीय ब्याक्तित्वहरु प्रती हार्दिक हार्दिक नमन छ ।

त्यस्तै युवा संघ नेपाल बाँकेका अध्यक्ष कुस्माखर बस्यालले सबै सहयोगीहरुलाई धन्यवाद दिदै आगामी दिनमा युवा संघ बाकेले जनताको सेवामा संगठनलाई परिचालन गर्ने बताएका छन् ।

युवा संघ बाँकेले कोरोना महामारीको समयमा बाँकेमा निशुल्क एम्बुलेन्स सेवाका साथै कोरोना संक्रमितको उपचारका लागि सहयोग र समन्वय संगै कोरोना संक्रमणबाट मृत्युु भएकाहरुको शव ब्यवस्थापन गर्दै आएको थियो । भने मेडिकल कलेज कोहलपुरमा नेकपा बाँके संगको सहकार्यमा बिरामी कुरुवालाई ३० रुपैयाँमा खाना समेत खुवाउदै आएको छ ।

प्रतिक्रिया